पक्लिहवा कृषि क्याम्पस भैरहवामा स्ववियुद्वारा खेलकुद सप्ताह शुरु

पक्लिहवा कृषि क्याम्पस भैरहवामा स्ववियुद्वारा खेलकुद सप्ताह शुरु

2023-06-23

स्वतन्त्र विद्यार्थी युनियन पक्लिहवा कृषी क्याम्पस ले क्याम्पस प्रशासनको सहयोग र पहलमा जेष्ठ १ गतेदेखि १५ गतेसम्म विधाई तथा स्वागत खेलकुद कार्यक्रम आयोजना गरेको थियो उक्त कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन का सभापति प्रविन बस्यालको अध्यक्षता निमित्त क्याम्पस प्रमुख डाक्टर राकेश कुमार यादवको प्रमुख आतिथ्यता अतिथिहरुमा प्रध्यापक सङ्घका सभापति डा. मुक्ति पौडेल , विद्यार्थी कल्याणका प्रमुख दिपक खनाल, कृषि क्याम्पस का क्याम्पस प्रशासन प्रमुख माधव ज्ञवाली लगायत पक्लिहवा कृषि क्याम्पस का प्राध्यापक कर्मचारी त्यसैगरी पत्रकारितामा आवद्ध विभिन्न मिडियोहरु को उपस्थितिमा भेटनरी संकाय दसौं semester का विद्यार्थीहरु र शिक्षकहरुको बिच cricket show match आयोजना गरी उद्घाटन गरिएको थियो।। उक्त खेलकुद सप्ताहामा छात्र र छात्रा दुवैको inter semister cricket football र volleyball खेल आयोजना गरिएको थियो।। खेल लाई league माधय्म बाट सन्चालन गरिएको थियो।। उक्त खेलकुद सप्ताहमा सम्पूर्ण semester का विद्यार्थीहरूको सहभागिता थियो संगै सम्पूर्ण कर्मचारी र प्राध्यापकहरु पनि खेलकुदमा आवद्ध हुनुहुन्थ्यो।। उक्त कार्यक्रम जेष्ठ १५ गते भित्र सक्ने भनेतापनि गर्मी तथा विभिन्न कारणवश छात्र तर्फको क्रिकेट र football फाइनल ग्याम बाँकी रहेको छ भने भलिवल तर्फ दोस्रो semister विजयी भएको छ र बाँकी final खेल असार १८ गतेभित्र गराइ कार्यक्रम समापन गरिनेछ।। यस खेलकुद सप्ताहाले विद्यार्थीको स्वास्थ्य प्रतिभा प्रस्फुटन साथसाथै क्याम्पस भित्र रहेको कर्मचारी प्रध्यापक र विद्यार्थीको सम्बन्धलाई पनि मजबुत बनाएको छ।। खेलमा विजयी हुने semister lai खसी प्रमाणपत्र र मेडल ले सम्मान गरिनेछ।।