त्रि.वि. उपकुलपति प्रा.डा. केशरजंग बरालज्यूद्वारा पक्लिहवा क्याम्पसकाे स्थलगत निरिक्षण । 

त्रि.वि. उपकुलपति प्रा.डा. केशरजंग बरालज्यूद्वारा पक्लिहवा क्याम्पसकाे स्थलगत निरिक्षण । 

2024-06-13

मिति २०८१ जेठ २९, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालज्यूले पक्लिहवा क्याम्पसकाे स्थलगत निरिक्षण सम्पन्न भएकाे छ । उहाँले निरिक्षणका क्रममा कृषि र भेटेरिनरी अध्ययनलाई व्यवहारिक रूपमा किसानसंग जाेडिने गरि कार्य गर्नुपर्ने बताउनु भएकाे थियाे । त्यस्तै क्याम्पसकाे तर्फबाट क्याम्पस प्रमुख डा. राम भजन मण्डल, भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक डा. नारायण न्याैपाने , सहायक क्याम्पस प्रमुख द्वय श्री शैलेश गुरूङ, डा. शम्भु शाह र प्राध्यापक संघका सभापति डा. मुक्ति पाैडेलज्यूले आफ्ना भनाईहरु राख्नु भएकाे थियाे भने कार्यक्रममा प्राध्यापकहरू,विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी संघका सभापति,अन्य कर्मचारीहरू र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरु लगायतको उपस्थिती रहेकाे थियाे ।