त्रिभुवन विश्वविद्यालयको एक मात्र भेटेरिनरी शिक्षण अस्पताल भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डा.राम भजन मण्डल,प्रमुख अतिथिमा त्रि.वि.का उपकुलपति प्रा.डा.केशर जंग बराल, विशिष्ट अतिथि निवर्तमान् शिक्षाध्यक्ष प्रा.भार्गव धिताल, नि.डीन डा. किशोर चन्द्र दाहाल, अस्पतालका निर्देशक डा.नारायण न्यौपाने तथा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी , स्थानिय जनप्रतिनिधी, संघिय ईन्जिनियर, निर्माण व्यवसायी, आमा समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रा.डा यम बहादुर गुरुङ ले दिनु भएको थियो साथै उक्त कार्यक्रममा विद्यार्थी कल्याण प्रमुख मनोज बस्नेत, सहायक क्याम्पस प्रमुख द्धय डा.शम्भु शाह, शैलेश गुरुङ, अस्पतालका निर्देशक डा.नारायण न्यौपाने, विशिष्ठ अतिथि त्रि.वि का निवर्तमान नि शिक्षाध्यक्ष प्रा. भार्गव धिताल , नि.डीन डा.किशोर चन्द्र दाहाल, उपकुलपति प्रा.डा. केशर जंग बराल र क्याम्पस प्रमुख डा. राम भजन मण्डल ले मन्तव्य दिनु भयो भने कार्यक्रमको संचालन माधव ज्ञवालीले गर्नुभएको थियो ।